मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोन्टरियलसँग इन्टर मियामी ३–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामी पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक एक गोल गरेका थिए। त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक एक गोल गरेका थिए।

यस खेलमा लियोनेल मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रूपमा खेलेका थिए।

इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो। यो हारपछि ४ खेलमा ७ अंक हासिल गर्दै इन्टर मियामी शिर्ष स्थानमा रहेको छ। त्यस्तै मोन्टरियलको भने ३ खेलमा ७ अंक भएको छ र  लिगमा दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?