मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुल सञ्चालनपछि फेरियो किसानको दैनिकी

जोयनेपाल
507
Shares
सांकेतिक तस्विर

बागलुङ – बागलुङबजारको मरेपीपलमा तरकारी तथा फलफूलको व्यापार गर्ने शङ्कर रेग्मीले वर्षभरि नै पर्वतको नाङ्लिवाङको तरकारी बेच्छन् । हिउँदमा रायोको साग होस् वा बर्खामा घिरौँला उनको फसलमा नाङ्लिबाङको ताजा तरकारी पाइन्छ ।

पर्वतको जलजला गाउँपालिका–८ नाङ्लिवाङमा बाह्रै महिना तरकारी फल्छ । कुश्मा बजार, बागलुङ सदरकुमाम र म्याग्दीको बेनी बजार पुग्न उत्ति नै समय लाग्छ । ठूलो बजार, मूल्य पनि पाइने भएकाले यहाँका किसानले तरकारी बागलुङ बजारमा ल्याउँथे । कालीगण्डकीले खोँच बनाएर छुट्याएको बागलुङ बजार र नाङ्लिवाङको पैदल यात्राको दूरी झन्डै साढे दुई घण्टा तथा सवारी साधनकै प्रयोग गर्दा एक घण्टा लाग्ने गर्छ ।

कालीपारि उत्पादन र कालीबारीका उपभोक्ता छुट्याएर बगेको कालीगण्डकी पार गरेर घन्टौँ डोको बोकेर बजार आउने यहाँका किसानको अब भने दैनिकी फेरिएको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि किसानको दैनिकी फेरिएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला–८ नाङ्लिवाङको ओडारे जोड्ने गरी कालीगण्डकीमाथि पाँच सय २३ मिटर लामो पुल निर्माण गरिएको हो ।

“अहिले पनि गाडीमा तरकारी आउँथ्यो, आलु, बन्दा र काउली धेरै फल्ने र झट्ट नबिग्रिने तरकारीलाई समस्या थिएन”, तरकारी व्यवसायी शङ्कर रेग्मी भन्छन्, “पुल बनेपछि किसानले एक मुठो साग पनि सजिलै बजार पु¥याउन सक्छन् ।” भरिया लगाएर तरकारी ल्याउँदा लाग्ने समय र खर्च दुवैको बचत भएको रेग्मीले बताए ।

लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । रु सात करोड लागतमा उक्त पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए ।

“पुलबाट वारिपारि गर्न थालेको केही दिन भयो, निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन भने भएको छैन”, उनले भने, “पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ, यसअघि यहाँका नागरिक आउजाउ गर्न घन्टौँ लाग्नेमा अब १० मिनेट लाग्नेछ ।”

बागलुङ र पर्वतको उत्तर पूर्वदेखि दक्षिण पश्चिमसम्म कालीगण्डकी नदीले सीमा छुट्याएको छ । सर्वसाधारणको आवतजावतमा सहजका लागि यहाँ दर्जन बढी अग्ला र लामा पुल निर्माण भइसकेका छन् ।

पर्वत र बागलुङ जोड्ने गरी सबैभन्दा पहिले पर्वतको सदरमुकाम कुश्मा बजार र बागलुङ–१४ नारायणस्थानको कैयौँ गाउँ जोड्ने गरी अग्लो पुल निर्माण भएपछि कालीगण्डकीमाथि पुल निर्माणको लहर चलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?