मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुढासुब्बा गोल्डकप : एनआरटीले सेमिफाइनलको यात्रा तय

धरान – धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम ‘एनआरटी’ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ ।

आज धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो ।

त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए । एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए ।

आजको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?