मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुजार सार्कीमा मैतबहादुर बनेका प्रदीपको यस्तो लुक्स

काठमाडौँ – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई एकसाथ देख्न सकिने चलचित्र ‘पुजार सार्की’को छायांकन भइरहेको छ ।

यसैबीच प्रदीपको जन्मदिनको अवसर पारेर उनको  ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरिएको छ । 

आइतबार निर्देशक दिनेश राउतले फेसबुकमार्फत प्रदीपको  ‘मैत बहादुर परियार’को लुक्स सार्वजनिक गरेका हुन् ।   

सार्वजनिक दुई वटा फोटोमा खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर लगाएको र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन्। फोटोले उनी बाजा बजाउने पात्रको रूपमा परिचय दिएको छ।

चकलेटी अभिनेताको रूपमा चिनिएका प्रदीप खड्का पछिल्लो समय आफूलाई फरक पात्रमा अब्बल देखाउन लागी परेका छन् ।

जसको झलक उनका पछिल्ला फिल्ममा देखिँदा ‘पुजार सार्की’ मा पनि त्यसैलाई निरन्तरता दिएका उनको लुक्सले उनको भूमिका पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ।

जसलाई पुष्टि हुने गरी निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । पुजार र सार्कीको कथामा निर्माण हुने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्ममा पुजारको भूमिकामा आर्यन सिग्देल देखिने छन् भने सार्कीको भूमिकामा प्रदीप खड्काले भूमिका निभाउने छन् । 

फिल्मलाई सुभाष भुसालले निर्माण गर्दै छन् ।  पल शाहको फिल्ममा धेरै दृश्य नभए पनि महत्त्वपूर्ण भूमिका रहेको बुझिएको छ । यो फिल्मको निर्माण टिमले आउँदो वर्षको जेठ महिनामा फिल्म रिलिज गर्न लागेको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?