मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्देशक हराएको सूचना विषयमा ‘निफ’ मा बहस हुने

काठमाडौँ– नेपाली सिनेमामा हराएका निर्देशकको खोजी गरिने भएको छ ।

नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा सिनेमा बहसकै क्रममा ‘निर्देशक हराएको सूचना’ शीर्षक छलफलमा निर्देशकको खोजी गरिने आयोजकले जनाएको छ ।

चैत्र ४ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आइतवार ११ः ३० देखि १ बजेसम्म हुने छलफलमा सिनेकर्मीहरु दीपकराज गिरी, झरना थापा र रामबाबु रेग्मी छन् । छलफलको सहजीकरण भने रङ्गपत्रकार प्रकाश सुवेदीले गर्नेछन् ।

अध्यक्ष केपी पाठकका अनुसार फेस्टिभलमा सिनेमा, सिनेकर्मी, प्रविधि, लेखन र आम दर्शकलाई केन्द्रमा राखेर बहस तथा छलफलहरु हुनेछन् । चैत्र १ गतेदि ५ गतेसम्म हुने फेस्टिभलमा ४० देशका ८८ वटा फिल्महरु देखाइनेछन् ।

आयोजकका अनुसार महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा र समापन राष्ट्रियसभा गृहमा गरिनेछ ।

निफले यस वर्ष पनि अघिल्ला श्रृङ्खलामा जस्तै राष्ट्रिय र अन्तराष्ट्रिय गरी दुई भागमा विभाजन गरेको छ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिल्मलाई एक हजार ५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ ।

निफको यो संस्करण पनि अघिल्लो संस्करणझैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु चलचित्र र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ ।

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा छनोट भएका फिल्म हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने समेत आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?