काठमाडौँ– सूचना प्रविधिको क्षेत्रमा एआईको विकास तीव्र गतिमा भइरहेको छ । मानिसले गर्ने धेरै कामहरू गर्न एआई सक्षम छ ।
योसँगै एआईले अव शब्द लेखेकै भरमा वेबसाइट बनाउने भएको छ । अनलाइन वेबसाइट बिल्डर ‘विक्स’को नयाँ एआई च्याटबटले लेखिएका अक्षरको आधारमा वेबसाइट तयार पारिदिने भएको हो ।
एआई च्याटबटबाट वेबसाइट बनाउन कुनै शुल्क तिर्नुपर्दैन । तर तपाईँले वेबसाइटको नाम के राख्ने, उद्देश्य केके छन् भन्नेजस्ता कुराहरू भने राख्नुपर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया