मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निकोनले किन्यो रेड क्यामरा कम्पनी 

काठमाडौँ – जापानी क्यामरा जायन्ट निकोनले क्यामरा कम्पनी ‘रेड’ किन्ने भएको छ ।  निकोनले  बिहीबार यसको घोषणा गरेको हो।

यस सम्झौताले अन्तिम रूप पाए पछि रेड निकोनको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

हलिउड चलचित्र बनाउने प्रयोग हुने रेड क्यामराको स्वामित्व प्राप्तिले उसको युनिक इमेज कम्प्रेसन टेक्नोलोजी आफ्ना लागी महत्त्वपूर्ण हुने निकोनले बताएको छ । 

रेडले आफ्नो क्यामरा कयौँ चर्चित हलिउड फिल्म र टिभी शोको छायंकनका लागि उपयोग गरिएको दाबी गरेको छ।

निकोनको प्रेस विज्ञप्ति अनुसार रेडको स्थापना २००५ मा भएको थियो र हाल यसमा २२० कर्मचारी कार्यरत छन्। यसको मुख्यालय फुटहिल रेञ्च क्यालिफोर्नियमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?