काठमाडौँ – अभिनेता राजेश हमाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदे सिनेमा संवाद गर्ने भएका छन् ।
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल को सातौँ संस्करणमा सिनेमाका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तरक्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेतासँग संवाद गर्न लागिएको हो ।
सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन आगामी शुक्रबार ११ बजेदेखि सुरु भएर १ बजे सकिने आयोजकले जानकारी गराएको छ । दुईबीचको संवाद राष्ट्रिय सभागृहको हलमा निशुल्क अवलोकन गर्न पाइनेछ ।
चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआइको भविष्यसम्मका विषयमा छलफल हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।
महोत्सवमा अन्य धेरै विषयमा संवादका कार्यक्रमहरू छन् । महोत्सवको उद्घाटन सुन्धारास्थित सिभिल मलमा हुनेछ भने समापन राष्ट्रियसभा गृहमा गरिने आयोजकले जनाएको छ । यो संस्करणमा ४० देशका ८८ फिल्म देखाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया