मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

मुकेश अम्बानीले नीतालाई ‘ट्राफिक जाम’मा यसरी गरेका थिए बिहेको प्रस्ताव

‘मुकेशले प्रस्ताव गर्दा नीता लाजले रातोपिरो भइन्’

काठमाडौँ– भारतीय धनाढ्य व्यवसायी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको प्रि–वेडिङको चर्चा चौतर्फी छ । तर, यो विवाह समारोहमा सबैभन्दा अनन्तको भन्दा बढी चर्चा उनका बाबुआमा मुकेश र नीता अम्बानीको भयो ।

विवाहमा मुकेश र नीताको डान्स र रोमान्स पनि हेर्नलायक थियो ।

मुकेश र नीताले विवाह गरेको झण्डै ४० वर्ष भइसकेको छ । वैवाहिक जीवनमा यति धेरै वर्ष बिताए पनि दुवैको प्रेम सम्बन्ध अझै पनि भर्खरका युवायुवतीको झैँ लाग्छ ।

व्यवसायी मुकेश अम्बानी गम्भीर स्वभावका छन् । तर रियल लाइफमा भने उनि निकै रोमान्टिक छन् । मुकेश र नीताको प्रेम कहानी कुनै बलिउड फिल्मभन्दा कम छैन ।

मुकेशका पिता धीरुभाइले शुरुमा देख्नेबित्तिकै नीतालाई मन पराएका थिए । धीरुभाइले नीतालाई पहिलोपटक कलेजमा आयोजना गरिएको नृत्य कार्यक्रममा देखेका थिए । उक्त कार्यक्रममा देख्नेबित्तिकै उनले नीतालाई मन पराएका थिए ।

पहिले हेराइमै उनलाई केटी आफ्नो परिवारमा बुहारी बन्न सक्ने लक्षणको लाग्यो । नृत्य कार्यक्रमको एक दुई दिनपछि धीरुभाइ आफैँले नीतालाई फोन गरेर भेट्न बोलाए । तर, नीतालाई भने धीरुभाइले नभई मजाकमा अर्कै मान्छेले फोन गरेजस्तो लाग्यो ।

धीरुभाइले दुई तीन पटक फोन गरेपछि नीताले फोनै उठाउन छाडिन् । पछि धीरुभाइले नीताका बुवालाई फोन गरे । त्यसपछि बल्ल नीताले त्यो फोन अरु कसैले नभई धीरुभाइले नै गर्दै आएको चाल पाइन् ।

त्यसपछि बल्ल उनी धीरुभाइको अफिस पुगिन् । र, आफ्नो अफिस पुगेकी हुनेवाला बुहारीसँग उनले सोधे, ‘मेरो जेठो छोरासँग भेट है ?’

त्यसपछि नीता र मुकेशबीच भेट हुने साइत जुर्‍यो ।

‘नीता पहिलो केटी हुन्, जसलाई मैले जीवनसङ्गिनी बनाउन सोचिसकेको थिएँ, उनी मेरी नै हुन्,’ मुकेशले एक भारतीय समाचार पोर्टलसँगको कुराकानीमा भनेका छन् ।

यसरी भेटघाट र कुराकानी बाक्लिँदै गएपछि नीताले मुकेशलाई आफूसँगै बसमा यात्रा गर्न आग्रह गरिन् । नीताको मायामा मुकेश अम्बानी आफ्नो लग्जरी कार छोडेर बसमा चढे ।

उनीहरुको विवाहको प्रस्तावको प्रसङ्ग पनि रोचक नै छ । मुकेशले नीतालाई गरेको प्रपोज कुनै फिल्मभन्दा कम थिएन । एउटा रोमान्टिक साँझ मुम्बईमा नीता र मुकेश कार चढेर कतै जाँदै थिए । एक्कासी पेदार रोड नजिकै उनीहरुको कार ट्राफिकमा फस्यो ।

ट्राफिक लाइटमा गाडी रोकिएपछि मुकेश अम्बानीले नीतालाई हठात् सोधे, ‘मसँग बिहे गर्ने हो ?’

नीता लाजले रातोपिरो भइन् । उनले मुकेशलाई गाडी चलाउन भनिन् । सिग्नल खुलेपछि पनि उनले गाडी चलाएनन् । उनीहरुको कार त्यहीँ टक्क अडियो ।

ट्राफिक लाइटमा गाडीको लस्कर नै रोकिरहेको थियो । पछाडिबाट धेरै गाडीले हर्न बजाइरहेका थिए । तर मुकेशले भने, ‘तिमीले जवाफ नदिएसम्म म गाडी चलाउदिनँ ।’

मुम्बईको सडक न हो, मुकेशले यति भनिसक्दा सडकमा गाडीको लामै लाइन थियो । सडकमा ट्राफिक जाम नै लाग्यो । त्यसपछि नीताले एउटा शर्त तेर्साइन्, ‘मलाई बिहेपछि पनि काम गर्न दिनुपर्छ ।’

मुकेशले वाचा गरे, उनले नीतालाई बिहेपछि पनि काम गर्न दिने भए ।

यसपछि बल्ल नीता–मुकेशको विवाह निश्चित भयो । विवाहपूर्वको शर्त पूरा गर्दै मुकेशले नितालाई विद्यालय सञ्चालनकै जिम्मेवारी दिए ।

मुकेशको सानैदेखिको चाहना शिक्षक बन्ने रहेको बताइन्छ । उनले एउटा अन्तर्वार्तामा भनेका छन्, मेरा बुबाले मलाई रिलायन्समा ल्याउनुअघि म अमेरिकी विश्वविद्यालयमा पढ्ने निश्चितजस्तै थियो । म कि त विश्व बैंकमा जागिर खान चाहन्थेँ या त म शिक्षक बन्न चाहन्थेँ ।’

नीता विवाहको केही वर्ष समयसम्म धीरुभाइ अम्बानी इन्टरनेशनल स्कुल चलाउँथिन् । उनीहरुको विवाह सन् १९८५ मा धुमधामसँग भएको थियो । उनीहरुले ३ सन्तान जन्माएका छन् । तीनैमध्येका कान्छा छोरा अनन्त अम्बानीको भर्खरै प्रि–वेडिङ सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?