मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आईफोनबाट एन्ड्रोइडमा डेटा सार्ने सजिलो विकल्पको तयारीमा एप्पल

काठमाडौँ – आईफोन प्रयोगकर्तालाई एन्ड्रोइडमा स्विच गर्न सजिलो बनाउने गरी तयारीमा एप्पल कम्पनी लागेको छ । 

युरोपियन युनियनको डिजिटल मार्केट्स ऐन पालना गर्ने सन्दर्भमा एप्पलले आईओएस र अन्य अपरेटिङ सिस्टमबीच डेटा ट्रान्सफरको प्रक्रिया सहज बनाउने काम अघि बढाएको हो । 

हाल एन्ड्रोइडबाट आईओएसमा डेटा माइग्रेसन गर्न एप्पलले एन्ड्रोइडमा ‘मुभ टु आईफोन’ र आईफोनबाट एन्ड्रोइड डिभाइसमा डेटा माइग्रेसन गर्न गुगलले ‘स्विच टु एन्ड्रोइड’ नामक आईओएस एप चलाइरहेको छ ।

तर ती दुवै त्यति सहज र सरल नबन्दा नयाँ विकल्पको खोजीमा कम्पनी लागेको हो । जसको परिणामस्वरुप आईफोनबाट एन्ड्रोइडमा डेटा सार्ने सजिलो फिचर सन् २०२५ भित्र सार्वजनिक हुने बताइएको छ । 

यद्यपि डेटा कसरी ट्रान्सफर गरिन्छ भन्नेबारे जानकारी दिइएको छैन । साथै एप्पलले  गुगलजस्ता कम्पनीलाई डेटा ट्रान्सफरका लागि आफ्नै एप बनाउन उपकरण दिइरहेको समेत बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?