काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अङ्गुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला ९०, एभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, भारतीय ठूलो गोलभेँडा ७०, अदुवा २००, रातो आलु ३२ र रातो भारतीय आलु ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै स्थानीय काउली २५, लौका ६०, कागती २२०, लोकल काँक्रो १२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला २० र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ११० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३५ र हरियो डल्लो फर्सी ४० रुपैयाँमा खरिदबिक्री हुँदै छ ।
तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज ५० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ३०, चाइनिज सुकेको लसुन २००, हरियो लसुन १०० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ६०, भिण्डी १०० र हरियो धनियाँ ५० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया