मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चेक रिपब्लिककी क्रिस्टिनाले जितिन् ‘मिस वर्ल्ड २०२४’को उपाधि

काठमाडौँ – ७१ औँ संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले हात पारेकी छिन् । 

शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन् ।

पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै ७१ औँ मिस वर्ल्डको उपाधि जित्न सफल भएकी हुन्।

२४ वर्षिया क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।

प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।

२८ वर्षपछि भारतमा भएको यो प्रतियोगिता प्रतियोगितामा यसपटक १२ निर्णायक थिए । प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वर्ल्ड २०१३ मेगन यङ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?