मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शिक्षा र मानवअधिकारका क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित

काठमाडौँ – रुद्रराज साहित्य सेवा समितिले शिक्षा र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई व्यक्तित्व र एक संस्थालाई पुरस्कृत र सम्मान गरेको छ ।

सरदार रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिले चिकित्सा तथा मानअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा. गौरीशङ्करलाल दासलाई सम्मान गरेको छ ।

त्यस्तै, समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शङ्करराज पाठकलाई यसवर्षको शिक्षा सम्मान प्रदान गरेको छ । विसं २०१६ मा काठमाडौँमा सरस्वती कलेजको प्राचार्यबाट शिक्षा क्षेत्रमा प्रवेश गरेका उनले नेपाल प्राध्यापक सङ्घको संस्थापक सदस्य, महासचिव, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायतका महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए ।

त्यस अवसरमा शिक्षाविद् पाठकलाई रु ५० हजार राशि नगदसहित सम्मानपत्र प्रदान गरियो । समितिले शिक्षा क्षेत्रमा डेढ दशकदेखि अनवरत योगदान पु¥याएवापत शिक्षक मासिक पत्रिकालाई पनि यसवर्ष विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रममा शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई रु ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरियो ।

उनीहरुलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले सम्मान एवं पुरस्कार प्रदान गरेका हुन् । विसं २०४४ मा स्थापित समितिले शिक्षा, साहित्य, इतिहास र अध्यात्मक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी रुद्रराज पाण्डेको जन्मजयन्तीका अवसरमा सम्मान गर्दै आएको छ ।

उनले नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्ट्र सेवामा विशिष्ट योगदान पु¥याएका थिए । सो अवसरमा पूर्वउपकुलपति माथेमाले आधुनिक शिक्षाको विकासमा धरोहरका रुपमा रहेका प्रचण्ड विद्वान पाण्डेले अध्यारोमा रहेको नेपाली समाजलाई उज्यालोतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, “नेपाली समाजमा अहिले छिटो समाचार दिने होडमा अस्वस्थ्य प्रतिस्पर्धा देखिन्छ । घटनाको विश्लेषण नगरी आउने त्यस्ता समाचार अपूर्ण हुन्छन् । युवा पुस्तालाई गौरवमय इतिहासप्रति ज्ञान दिलाउन सबैको सामूहिक पहल आवश्यक छ ।”

कार्यक्रममा प्राध्यापक त्रिरत्न मानन्धर, प्रा. डा. मोहनप्रसाद लोहनी, समितिका अध्यक्ष डा. बद्रीराज पाण्डे, महासचिव डा निल पाण्डे, सम्मानित एवं पुरस्कृत व्यक्तित्व दास, पाठक र दाहालले सरदार पाण्डेको बहुआयामिक व्यक्तित्व र नेपालको शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे चर्चा गरे ।

स्व पाण्डेले शिक्षा, साहित्य, आध्यात्मकको क्षेत्रमा गरेको कर्मले जीवन पर्यप्त पनि समाजले सम्झदै आएको बताउँदै उनीहरुले सेडा, सिनाष्टको अवधारणा कोर्ने र प्राज्ञिक क्रियाकलापबारे समाजलाई जानकारी दिइनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो भने ।

पाण्डेकै पहलमा नेपालमै एसएलसी परीक्षा र नेपाली भाषामा पाठ्यपुस्तक तयार गरी विश्वविद्यालयमा पढाई प्रारम्भ भएको घटना पनि सो अवसरमा सुनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?