मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल आइडलको पाँचौं संस्करणको पहिलो एपिसोड विर्तामोड अडिसन

काठमाडौँ – शुक्रबारबाट ‘नेपाल आइडल’को पाँचौं संस्करणको प्रसारण सुरु भएको छ । टेलिभिजन रियालिटी शो नेपाल आइडल शुक्रबार बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण गरिएको हो ।

जसका लागी नेपाल आइडल टिमले सात प्रदेशका आठ सहरमा अडिसन सम्पन्न गरिसकेको छ । कार्यक्रम निर्माता टिमका अनुसार नेपाल आइडलको पहिलो एपिसोडमा शुक्रबार विर्तामोड अडिसन प्रस्तुत गरिएको हो।

कार्यक्रम निर्देशक सुरेश पौडेलले यो शोले दर्शकलाई मनोरञ्जन दिने र प्रतिभावान् गायक-गायिकाको खोजी गर्ने बताएका छन् । पाँचौं संस्करणमा पनि न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा जजको रुपमा छन् । आसिफ शाह र रीमा विश्वकर्मा कार्यक्रम होस्टको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?