मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्यान्सर भएका बालबालिकाको किमो थेरापी गराउँदा कसरी ख्याल गर्ने?

नेपालमा बालबालिकामा रक्त क्यान्सरको समस्या बढ्दै गएको छ । क्यान्सरको पहिचान हुने वित्तिकै उपचार शुरु गरेमा क्यान्सर रोग निको हुन्छ । क्यान्सरको उपचार विधिमध्य किमो थेरापी पनि एक हो ।

क्यान्सर भएका बालबालिकामा किमो थेरापी गराइरहेको अवस्थामा उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले क्यान्सरको उपचारका लागि किमो थेरापी गराइरहेको समयमा बिरामीको विशेष केयर गर्नुपर्छ ।

कस्ता कुराले संक्रमण बढ्छ ?

–काँचो खानेकुरा

–फलफूल

–बाहिरको खाना

किमो थेरापीको समयमा कसरी गर्ने केयर ?

–क्यान्सरको उपचार शुरु गर्दा कुनैपनि फलफूल खान दिनु हुँदैन ।

–राम्रोसँग पकाएको खानेकुरा खुवाउनुपर्छ ।

–माछाको काडा अड्कन सक्ने भएकाले माछा खान दिनु हुँदैन ।

–धेरै भिडभाडमा जान नदिने ।

–धेरै व्यक्तिसँग भेटभघाट गर्न नदिने ।

–क्यान्सर भएको बालबालिकाको स्याहार गर्ने व्यक्तिले आफ्नो व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिने ।

–क्यान्सर भएको बालबालिकाको पनि सरसफाइमा ध्यान दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?