मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अगस्त्य’ले मलिकालाई कति राहत?

काठमाडौँ– अभिनेत्री मलिका महतले अभिनय गरेको फिल्म ‘अगस्त्य’ यतिबेला फिल्म हलमा प्रदर्शन भइरहेको छ । यो फिल्ममा उनको शीर्ष भूमिका छ ।

सौगात मल्ल, प्रमोद अग्रहरि, नाजिर हुसेन लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले रिलिजअघि निकै राम्रो हाइप पाएको थियो । तर, फिल्म प्रदर्शनपछि दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन ।

फिल्मको मेकिङ पक्षको तारिफ भए पनि यसको कथा वाचन शैलीले दर्शकलाई खासै तानेन । फलस्वरुप फिल्मले दोस्रो हप्तासम्म आइपुग्दा खासै कमाल गर्न सकेको छैन ।

यसअघि नाटक ‘पगला घोडा’ मा अभिनय गरेर चर्चा कमाएकी मलिकाले ‘अगस्त्य’ मा गरेको अभिनयका कारण भने तारिफ पाएकी छिन् । फिल्ममा उनी सौगात मल्लको प्रेमिकाका रुपमा देखिएकी छिन् ।

त्यसो त मलिकाले अभिनय गरेका कुनै पनि फिल्मले कमालको अभिनय गर्न सकेका छैनन् तर पनि उनको चर्चा भने फिल्म वृत्तमा भइरहन्छ ।

फिल्म ‘अगस्त्य’ बाट राम्रै चर्चा बटुले पनि फिल्ममा सम्भावना देखाएकी नायिकाका रुपमा भने उनलाई चित्रित गरिएको छ । फरक शैलीका फिल्ममा अभिनय गर्न रुचाउने मलिकाको ‘सतीदेवी’ पनि रिलिजका क्रममा छ ।

भोलिका दिनमा उनले कस्तो प्रोजेक्ट हात पार्छिन् र कुन फिल्मले उनलाई नसोचेको फाइदा दिनेछ, त्यो भने हेर्न बाँकी छ ।

यद्यपि अहिलेका लागि यत्ति भन्न सकिन्छ, ‘अगस्त्य’ ले मलिकाको करिअरलाई पनि फाइदा भने पक्कै पु¥याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?