मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोटोपन घटाउन के खाने, के नखाने?

पहिला पहिलो मोटो शरीरलाई राम्रो मानिन्थ्यो । मोटो हट्टाकट्टा शरीरलाई धनी व्यक्तिको रुपमा परिभाषित गरिन्थ्यो । तर समय बदलिएको छ ।

अहिले मोटा व्यक्तिमा रोग बढी लाग्नसक्नेका रुपमा चिनिन्छ । त्यसैले पनि मोटा व्यक्तिहरु आफ्नो शरीरको तौल घटाउन हरसम्भव प्रयास गरिरहेका हुन्छन् । मोटोपना धेरै मानिसको समस्याको रुपमा देखिएको छ । अत्याधिक मोटो भएकै कारण धेरैले खाना नै खान छाडेर भाकै बसेका पनि हुन्छन् । तर के खानै छाडेर मात्रै शरीरको मोटोपना कम हुनसक्छ ? चिकित्सकहरुका अनुसार शरीरलाई चाहिने पोषक तत्वहरु मोटोदुब्लो सबै व्यक्तिलाई चाहिन्छ ।

त्यसैले खानै खान छाड्नुभन्दा पनि नियन्त्रित रुपमा कम मात्रामा खाने बानीले मोटोपनाको समस्या ल्याउँदैन । खानाबाट शरीरलाई परिपूर्ति हुने क्यालोरीभन्दा शारीरिक गतिविधिद्धारा खर्च हुने क्यालोरीको मात्रा बढी भएमा मोटोपनालाई सजिलै घटाउन सकिन्छ । तपाईमा मोटोपनाको समस्या छ भने खानेकुरा प्रयोगमा विशेष सावधानी भने अपनाउनु पर्छ ।

कस्तो खानाले मोटोपना हुँदैन ?
– हरियो तरकारी,
– सलाद (काक्रो, टमाटर, गाजर आदि)
– ताज फलफूल ( आँप र केराबाहेक)
–माछा
यी खानेकुराले मोटोपनाको समस्या हुँदैन । मोटोपना नियन्त्रणको लागि खानामा पनि नियन्त्रण गर्नुभएको छ भने पनि यी खानेकुराहरु प्रशस्त खान सकिन्छ ।

कस्ता खानेकुरा नियन्त्रण गर्ने ?
– दूध दैनिक २ सय ५० मि.लि मात्रै पिउने,
–घ्यु, तेल,क्रिम दैनिक २ देखि ३ चम्चाभन्दा बढी प्रयोग नगर्ने,
–सुख्खा गहुँको रोटी दैनिक ३ देखि ४ वटा भन्दा बढी नखाने,
–पाउरोटी दैनिक ३,४ पिस भन्दा बढी नखाने,
–भात दैनिक एक कचौरा मात्रै खाने,
–दाल दैनिक एक कचौरा मात्रै खाने,
–आलु मझौला साइजको दैनिक दुईवटा भन्दा बढी नखाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?