काठमाडौँ– मानिसको भावना उसको सामाजिक परिवेशबाट धेरै प्रभावित हुन्छ । मानिसको सामाजिक व्यवहारले तनाव, चिन्ता, त्रास जस्ता भावनाहरुमा प्रभाव पारिरहेको हुन्छ ।
तर, हात्तीमा पनि यस्तो नियम लागू हुने नयाँ अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार हात्तीहरू समूहभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् । एक्लोपनले भाले मत्त हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी ढोई हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरी तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालिएको जनाइएको छ । अनुसन्धान टोलीले म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।
अनुसन्धानकर्ताका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।
‘हामीले पत्ता लगाएका छौं कि भाले हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरू भन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् ।
‘सामाजिक समूहमा बच्चाहरू हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हर्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरूले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया