मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३४ वर्षको करियरमा ४४ फिल्म फ्लप, कसरी चम्किए बलिउडमा अजय देवगन ?

काठमाडौँ – बलिउड अभिनेता अजय देवगन अहिले फिल्म ‘शैतान’ का कारण चर्चामा छन् । अन्य धेरै फिल्म पाईपलाईनमा रहेको उनी यो बर्ष अन्य धेरै फिल्ममा भूमिका निभाउँदै छन् ।

तर तपाईँलाई यो जानेर अचम्म लाग्न सक्छ हालसम्म ९० भन्दा बढी फिल्ममा काम गरेका अजयका आधा भन्दा बढी फिल्म त फ्लप नै भएका थिए ।

आफ्नो ३४ वर्षको फिल्मी करियरमा ४४ फिल्म फ्लप भएका उनका ‘हिम्मतवाला’,‘एक्शन जैक्सन’,‘युवा’,‘रेनकोट’ जस्ता फिल्म बक्सअफिसमा असफल साबित भए ।

यी बाहेक स्न २०२२ मा रिलिज भएको उनको फिल्म ‘रनवे ३४’ र सन् २०१२ को ‘तेज’ त सुपरफ्लप नै भए । जसले फिल्मको बजेट जति समेत कमाई गर्न सकेनन् ।

उनले यस्तो असफलताका दिन पनि भोग्नुपर्‍यो जतिवेला उनका लगातार ७ फिल्म फ्लप बने । निर्देशक रोहित शेट्टीको ‘गोलमाल’को सफलता पछि अजयको करियरमा ग्रहण नै लाग्यो ।

अर्थात् सन् २००६ देखि २००८ सम्म उनले असफलता बाहेक केही भोगेनन् । यसले निराश उनले त्यसपछि न्यूमेरोलोजीतर्फ ध्यान दिए ।

यहीबाट प्राप्त सुझावकै कारण उनले आफ्नो नामको स्पेलिङ परिवर्तन गरे भने अङ्ग्रेजीमा थर लेख्दा देवगनमा प्रयोग हुने ए हटाए । अर्थात् पहिले उनले Ajay Devgan लेख्थे भने अब Ajay Devgn लेख्न थाले

संयोग नै भनौँ त्यसपछि भने उनले एकपछि अर्को सफल फिल्म दिइरहेका छन् । जसमा ‘अल द बेस्ट’,‘गोलमाल’,‘सिंघम’,‘दृश्यम’ जस्ता फिल्म सामेल छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?