मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्ले स्टोरमा ‘प्यारालल डाउनलोड’ ल्याउने तयारीमा ‘गुगल’, के हुन्छ फाइदा ?

काठमाडौँ – गुगलले आफ्नो एप्स भण्डार प्ले स्टोरबाट एकै पटक धेरै एप डाउनलोड गर्न सकिने सुविधा ल्याउने भएको छ । 

प्ले स्टोरको भर्सन ४०.०.१३ मा गुगलले यस्तो सुविधा अर्थात  ‘प्यारालल डाउनलोड’ फिचरको तयारी गरिरहेको एसपी एन्ड्रोइडले जनाएको छ । 

अहिले प्ले स्टोरबाट दुई वा सोभन्दा बढी एप डाउनलोड गर्न एउटाको डाउनलोड प्रक्रिया पूरा हुनुपर्ने हुन्छ ।

जहाँ एप डाउनलोड भई इन्स्टल हुने प्रक्रिया केही लामो हुने भएकाले प्रयोगकर्ताले एउटा एप इन्स्टल भइसक्ने बेलासम्म धैर्य गर्नुपर्ने बाध्यता छ ।

नयाँ फिचरले यो समस्याको अन्त्य गर्ने छ । यद्यपि यो सुविधा एप अपडेट गर्दा काम नलाग्ने एन्ड्रोइड अथोरिटीले जनाएको छ । 

सुरुवाती चरणमा प्रयोगकर्ताले एक पटकमा दुई ओटा मात्रै एप डाउनलोड गर्न सक्ने बताइएको छ । त्यस्तै कम्पनीले प्ले स्टोरमा ‘फिचर स्टोरेज’ सेक्सन पनि ल्याउने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?