काठमाडौँ – भारत सरकाले पब्जीको भारतीय संस्करण ब्याटलग्राउन्ड मोबाइल इण्डिया अर्थात् बीजीएमआई लाई पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
राष्ट्रिय सुरक्षाका कारण देखाउँदै केही वर्ष पहिले, भारत सरकारले पब्जीलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि पब्जी विकास गर्ने कम्पनी क्राफ्टनले भारतकेन्द्रीत गरेर बीजीएमआई विकास गरेको थियो ।
तर भारतका लागि विशेष रूपमा डिजाइन गरेको यो ब्याटल रोयाल गेम पनि अहिले भारतीय सुरक्षा निकायको निशानामा परेको हो। बताइए अनुसार सुरक्षा एजेन्सीहरूले सरकारलाई यो राष्ट्रिय सुरक्षाको लागि खतरनाक साबित हुन सक्ने रिपोर्ट गरेका छन् ।
रिपोर्टमा पाकिस्तानी नागरिक सीमा हैदरको प्रवेशको साथै गेमबाट सङ्कलन गरिएको तथ्याङ्कलाई देशमा साइबर आक्रमणका लागि प्रयोग गर्न सकिने दाबी गरिएको छ। यी सुरक्षा निकायका केही गम्भीर चिन्ताहरू भएको रिपोर्टमा उल्लेख छ।
समाचार रिपोर्टका अनुसार सरकारले यस विषयमा छानबिन गर्न क्राफ्टनलाई कम्पनीलाई प्रश्नहरूको ठूलो सूची दिएको छ । यसको जवाफको प्रतीक्षामा रहेका कारण तत्काल पब्जीको भारतीय संस्करणलाई बन्द गरिएको छैन । तर करिब एक सातापछि सरकारले यस विषयमा बैठक गर्ने र त्यसपछि भारतमा बीजीएमआईको भविष्यका बारेमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया