तोरीको तेल प्राय हामी सबैले प्रयोग गर्ने गर्दछौ । खान लगायत कपालमा लगाउन,शरीरमा लगाउन लगायत विविध काममा हामी तोरीको तेलको प्रयोग गर्दछौ ।
घरेलु उपचारमा तोरीको तेललाई सबैभन्दा महत्त्व दिइन्छ । तोरीको तेल स्वास्थ्य र छालाको लागि धेरै लाभदायक छ । मसाज गर्न तोरीको तेल प्रयोग गरिन्छ ।
शरीरमा रक्तसञ्चार बढाउन मसाज गर्नुका साथै तोरीको तेलले मसाज गर्दा मांसपेशी बलियो हुन्छ । यसले मांसपेशी विकास गर्नसमेत सहयोग गर्छ । जसका कारण शरीरको बनावट पनि आकर्षक हुन्छ ।
तोरीको तेललाई उमालेको पानीमा मिसाएर पनि प्रयोग गरिन्छ । तोरीको तेलमा भिटामिन ‘ई’ पाइन्छ । यसलाई छालामा लगाउनाले सूर्यको पराबैजनी किरणबाट जोगाउँछ ।
यही कारणले गर्दा यसको प्रयोगले दाग र चाउरीपनबाट पनि धेरै हदसम्म राहत दिन्छ । यसले छाला सुन्दर र जवान देखिन्छ । साथै यदि छाला सुख्खा छ भने हात खुट्टामा तेल लगाएपछि पानीले नुहाउनुपर्छ, छाला नरम हुन्छ ।
यदि जोर्नी दुख्ने समस्या छ भने तोरीको तेलले मालिस गर्नाले समस्या निको हुन्छ ।
तोरीको तेलको फाइदाहरुः
–तोरीको तेलले चायाँ पर्न दिँदैन
–क्यान्सरको खतरा घटाउँछ
– मस्तिष्कको कार्यक्षमता बढाउँछ
–शरीरका काला धब्बा हटाउँछ
–मुटुका लागि उपयोगी
–चिसो र रुघा निको पार्छ
–जोर्नी दुख्ने र बाथ निको पार्छ
–छाला सुख्खा हुन दिँदैन र सङ्क्रमणबाट जोगाउँछ
–कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुन दिँदैन
–कपाल चाँडै फुल्न दिँदैन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया