मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्मार्टफोनको फिङ्गरप्रिन्टले काम गरेन ? अपनाउनुहोस् यी पाँच उपाय 

काठमाडौँ– स्मार्टफोनको सुरक्षाको लागि धेरै मानिसहरूले फिङ्गरप्रिन्ट लकको प्रयोग गर्ने गर्छन् । फिङ्गरप्रिन्टबाट फोनलाई अनलक गर्न सजिलो र छिटो पनि हुन्छ । तर  कहिलेकाहीँ फिङ्गरप्रिन्टले काम नगर्ने समस्या पनि आउन सक्छ । 

त्यसैले आज हामी तपाइलाई फोनको फिङ्गरप्रिन्ट स्क्यानरमा देखिएको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ । 

स्मार्टफोनको फिङ्गरप्रिन्टमा समस्या उत्पन्न हुँदा अपनाउनुहोस् यस्ता उपाय 

– स्क्रिन तथा फिङ्गरप्रिन्ट सेन्सरलाई सफा राम्रोसँग सफा गर्ने ।

– यदि तपाईँको फोनमा पछाडिको भागमा फिङ्गरप्रिन्ट स्क्यानर छ र फोनमा खोल हालेको छ भने त्यसलाई हटाएर फिङ्गरप्रिन्ट स्क्यान गर्ने ।

– फिङ्गरप्रिन्ट को स्थानलाई ख्याल गरी स्क्यानरले औँलाको औँठाछाप पत्ता लगाउन सक्ने गरी औँला सफा गरेर फोन अनलक गर्ने कोसिस गर्ने ।

– वैकल्पिक फिङ्गरप्रिन्ट अर्थात दुई वा सोभन्दा धेरै फिङ्गरप्रिन्ट सेट गरिराख्ने ।

– फोनको अपरेटिङ सिस्टम तथा सेक्योरिटी प्याचलाई अपडेट गरिराख्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?