मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मोबाइलमा कभर लगाउन किन आवश्यक छैन ?

काठमाडौँ– सामान्यतया मोबाइलको सुरक्षाको लागि धेरै मानिसहरूले मोबाइलमा कभर राख्ने गर्छन् ।

तर वास्तवमा मोबाइलमा कभर लगाउनु नलगाउनुमा नै धेरै फाइदा हुन सक्छन् ।

पहिलो कुरा त मोबाइल कम्पनीहरूले धेरै मोबाइलहरूमा वारेन्टी उपलब्ध गराएका हुन्छन् । जसको आधारमा मोबाइल यदि खसेर बिग्रियो अथवा कतै ठोक्किएर स्क्रयाच नै भयो भने पनि कम्पनीले अथवा रिटेलरले मोबाइलको जिम्मा लिन्छ ।

त्यसकारण फोनको सुरक्षाकै लागि भनेर छुट्टै कभर लिइराख्न आवश्यक पर्दैन ।

अर्को कुरा  मोबाइल कम्पनीहरूले प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै रङ्ग लगायत डिजाइनमा पनि ध्यान दिएका हुन्छन् । यसले गर्दा कुनै कभरले तपाईँको मोबाइल छोप्नु भन्दा मोबाइलको डिजाइन देखाउनु नै राम्रो हुन्छ । 

कभर नराख्दा मोबाइल हलुका र बोक्न सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?