मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : मुख्यतया सफा,तीन प्रदेशमा हल्का हिमपात हुनसक्ने

काठमाडौँ – अहिले पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  रहेको  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ भने यसैको प्रभाव दिउसो  कोशी,  बागमती  तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा  आंशिक  बदली हुने छ ।

बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहँदा कोशी,  बागमती  र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपात हुनसक्ने महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ । 

महाशाखाका अनुसार आज राती पनि कोशी,  बागमती  तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ। 

कोशी    र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?