मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा आज जलेर दुई घाइते भएका छन् ।

सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ ।

पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका–२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?