मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यो मितिमा रिलिज हुने भयो पूजा शर्माको ‘दान्भी’

काठमाडौँ– महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मलाई आउँदो बर्षको जेठ १० गतेबाट नेपालभर रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म बिहिबारबाट नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो ।

फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । यो फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन् । फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ ।

लभ स्टोरी फिल्ममा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत आफूलाई एक्सन लयमा उभ्याएकी हुन् ।

निर्माण पक्षले वितरकसँग सल्लाहा गरेर राम्रो मितिमा फिल्म प्रदर्शन गर्न लागेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?