मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शैतानको आतंकले बक्स अफिसमा हगामा, पहिलो दिन कति कमायो ?

काठमाडौँ – अजय देवगन यस वर्षको आफ्नो पहिलो फिल्मबाट हलमा आएका छन् । उनको बहुप्रतिक्षित फिल्म ‘शैतान’ लामो प्रतिक्षापछि आज मार्च ८ बाट हलमा रिलिज भएको छ । चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ ।

‘शैतान’ले अग्रिम बुकिङमै राम्रो कलेक्सन गरेको थियो र अहिले रिलिजपछि पनि चर्चामा छ । ‘शैतान’ले अग्रिम बुकिङमा नै ४ करोड १४ लाख नोट सङ्कलन गरेको थियो । रिर्पोटका अनुसार अहिले पहिलो दिनको सङ्कलनको प्रारम्भिक तथ्याङ्क पनि आएको छ । ओपनिङ डे रिपोर्टका अनुसार ‘शैतान’ले अहिलेसम्म ४.४८ करोडको व्यापार गरेको छ ।

अजय देवगन र आर माधवन स्टारर फिल्म ‘शैतान’ गुजराती फिल्म ‘वश’ बाट प्रेरित हो । फिल्ममा अजय देवगनको क्यारेक्टर कबीर आफ्नो परिवारसँग छुट्टी मनाउन फार्महाउस जान्छन्। बाटोमा उनीहरू एउटा ढाबामा चिया खान रोक्छन् र त्यही क्रममा वनराज ‘आर माधवन’ भेट्छन्।

कबीर र उसको परिवारले त्यो अपरिचित व्यक्तिसँग मित्रता बन्छ र उसलाई आफ्नो फार्म हाउसमा ठाउँ दिन्छ। उनीहरुको यो गल्ती नै उनीहरुको लागि सबैभन्दा ठूलो समस्या बन्छ ।

पानोरमा स्टुडियो र जियो स्टुडियोको ब्यानरमा बनेको फिल्म ‘शैतान’लाई विक्रम बहलले निर्देशन गरेका हुन् । फिल्मलाई अजय देवगन आफैंले निर्माण गरेका हुन् । फिल्मको स्टार कास्टको कुरा गर्दा अजय देवगन र आर माधवनका अलावा जानकी बोडिवाला र ज्योतिका पनि फिल्ममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?