मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘अगस्त्य च्याप्टर १’ को रोइ रहुँ जस्तो लाग्छ गीत सार्वजनिक

काठमाडौँ – फिल्म ‘अगस्त्य च्याप्टर १’ रोइ रहुँ जस्तो लाग्छ बोलको गीत सार्वजनिक भएको छ । एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म गत शुक्रबारबाट रिलिजमा आएकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको छ ।

‘अगस्त्य च्याप्टर १’ले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मलाई दर्शकले मन पराएका छन् । यसैले, दोस्रो सातामा पनि दर्शकले यो फिल्मलाई मन पराउने विश्वास निर्माण पक्षको छ ।

दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ ।

दर्शकहरूलाई यो फिल्मका मुख्य कलाकार सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको देख्न सकिन्छ । सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ गरिरहेका छन् । ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा प्रमोद अग्रहरिको रोल दमदार देखिन्छ । यो सँगै सौगातको मानसिक सन्तुलन गुमेको चरित्रमाबाट दर्शकहरू आनन्दित भएको बत्ताउँछन् ।

यस्तै, दर्शकले अगस्त्य च्याप्टर १ हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अगस्त्य’ नेपाल रिलिजको पाँच दिनपछि विहिबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार र बहराइनमा रिलिज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?