मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाशिवरात्रि

दर्शनार्थीले खचाखच पशुपतिनाथ क्षेत्र, दर्शन गर्नेको लाइन बाहिरी गेटसम्म (फोटो फिचर)

काठमाडौँ– आज महाशिवरात्रि पर्व भगवान शिवको विधिपूर्वक पूजा आराधना गरी नेपालभर मनाइँदै छ । पर्वका अवसरमा देशभरका शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको भीड लागेको छ । काठमाडौँको पशुपतिनाथ क्षेत्रमा गए रातिदेखि नै पशुपतिमा भीड लागेको हो ।

भक्तजनको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकपटकमा १० जना सम्मले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधु सन्त र तीर्थयात्री हजारौँको सङ्ख्यामा आएका छन् । यस वर्षको महाशिवरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ ।

पशुपतिनाथको दर्शन गर्नका लागि बाहिर गेटदेखि नै लामो लाइन लागेको छ ।

दर्शनार्थीको सहजताका लागि सुरक्षाकर्मी देखि स्वयमसेवकहरु खटिएका छन् भने सामाजिक सङ्घ संस्थाले पानी, जुस र प्रसाद वितरण गरिरहेका छन् ।

त्यस्तै स्वास्थ्य शिविर, एम्बुलेन्स र केही घटना घटे तत्काल उद्धारको व्यवस्थासहितको सेवा गरिएको छ । दर्शनार्थीको बाक्लो उपस्थितिका कारण गौशाला क्षेत्रमा सवारी आवागमन समेत अस्तव्यस्त देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?