मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

२२ वर्षपछि फिल्म निर्देशन गर्दै अनुपम खेर

काठमाडौँ –  बलिउडका दिग्गज अभिनेता अनुपम खेर २२ वर्षपछि फिल्म निर्देशनमा फर्किँदै छन् ।

सामाजिक सञ्जाल ईन्ष्टाग्राम मार्फत उनले यसको जानकारी दिएका हुन् । उनले निर्देशन गर्न लागेको फिल्म ‘जान्वी द ग्रेट’ महाशिवरात्रिको अवसरमा आजबाट सुटिङ सुरु भएको हो ।

आमासँग आशिर्वाद लिएको फोटो पोष्ट गर्दै क्याप्सनमा उनले लेखेका छन् – ‘आज म आफ्नो जन्मदिनमा गर्वका साथ ‘तन्वी द ग्रेट’को घोषणा गर्दछु । यो फिल्म मैले निर्देशन गर्न लागेको हुँ,कुनै कहानीले आफ्नो बाटो खोज्छन् र तपाईँलाई यो दुनियाँको शयर गर्न बाध्य बनाउँछन् ।’ 

खेरले आफ्नो करियरमा विभिन्न भाषाका ५ सय भन्दा बढी फिल्ममा काम गरेका छन् । यद्यपि निर्देशकका रुपमा भने उनले एक मात्र फिल्म ‘ओम जय जगदीश’ हो ।

अनिल कपुर,अभिषेक बच्चन र फरदीन खान स्टारर यो फिल्म सन् २००२ मा प्रदर्शनमा आएको थियो । पहिलो फिल्म नै ‘सुपरफ्लप’ भएपछि उनले फिल्म निर्देशन र निर्माणबाट दूरी बनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?