मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र

कास्की– विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रूपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ ।

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारी गरी रु ६० लाख लागतमा सो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा सूचना प्रविधि अधिकृतसहित ती जना कर्मचारीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

समग्र पर्यटन क्षेत्रको विकासको लागि सूचना केन्द्रमार्फत ट्रेकिङ गाइड, होटल व्यवस्थापन तालिम हस्तकला सामग्री उत्पादनलगायतका विभिन्न सीपमूलक तालिम प्रदान गरिने बताइन्छ ।

सूचना केन्द्रलाई जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तनसम्बन्धी खोज अनुसन्धानको हबको रूपमा विकास गर्दै लैजाने लक्ष्य लिइएको लिइएको प्रवक्ता गुरुङले बताए । 

पर्यटन सूचना केन्द्र विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारमा स्थापना गरिएकाले सूचना केन्द्रबाट पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गरिने र पर्यटकलाई अप्ठ्यारो परेको अवस्थामा छिटो उद्धार गर्नसमेत सहयोगी हुने गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी विश्वास व्यक्त गरे । 

यसैगरी आकस्मिक उद्धार एवं आकस्मिक उपचारको लागि समन्वय, हराएका सामानको सम्पर्क, इमेल इन्टरनेटमा पहुँच, जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तनसम्बन्धी खोज अनुसन्धान, पर्यटन र प्रविधिको संयोजनसम्बन्धी जानकारी एवं खोज, समुदाय परिचालनसम्बन्धी नमुनालगायतका सेवा प्राप्त हुनेछ । 

एकीकृत पर्यटन सूचना केन्द्रमा सोधपुछ-सहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन लाइब्रेरी, सङ्ग्रहालय तथा हस्तकला एवं आन्तरिक उत्पादन प्रदर्शन तथा बिक्री कक्षको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

सूचना केन्द्रलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै लैजाने गरी गाउँपालिकाभित्रका पर्यटकीय, ऐतिहासिक, धार्मिक क्षेत्र, पर्यटन पदमार्ग, महत्त्वपूर्ण स्थानको जानकारी, तीन सय ६० डिग्री भ्यु, भर्चुअल टुर, फोटो, भिडियो, गाउँपालिकाका क्षेत्रभित्र गर्न सकिने क्रियाकलाप, होटल तथा होमस्टे विवरण सहितको पर्यटन पोर्टल एवं मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?