मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टल्किने अनुहारको लागि गोलभेँडा, बेसार र चन्दनको फेस प्याक’

बजारमा सौन्दर्य सामाग्रीको बिगबिगी छ । हामी कुनै कस्मेटिक पसलहरूमा पस्यौ भने हजार थरीका प्रडक्टहरू बिक्रीमा राखिएको हुन्छ ।

हामी पनि तीनै बिक्रेताहरूको बहकाउमा लागेर यसले नभए त्यसले पो होलाकी भनेर विभिन्न कस्मेटिक आइटम अनुहारमा लगाउन भ्याउँछौ नै । 

तर यसरी बजारका हजारौँ थरी आइटमहरू लगाउँदा सबैको अनुहारमा सुट हुँदैन । र अनुहारमा धेरै पिम्पल आउने,दादहरू आउने , एलर्जी हुने जस्ता समस्याहरू देखा पर्दछन् ।

तर हामीले हाम्रै भान्सामा भएका चिजबिजहरूकै प्रयोग गरेर घरेलु फेसप्याक बनाएर लगायौ भने अनुहार प्राकृतिक रूपमा निकै चम्किलो र स्वच्छ पनि बन्छ बिना कुनै साइड इफेक्ट ।    

तपाइले घरमै अत्यन्त कम खर्चमा साइड इफेक्ट नभएको गोलभेँडा, बेसार र चन्दनको फेस प्याक बनाएर अनुहार टल्काउन सक्नु हुन्छ । बेसार एक प्राकृतिक एन्टिसेप्टिक हो ।

जुन छालाका लागि निकै फाइदा जनक हुन्छ । बेसार र टमाटर एवं चन्दन मिसाएर फेस प्याक बनाउन सकिन्छ । टमाटर र बेसारबाट बनेको फेस प्याकले छालालाई भिटामिन सी, भिटामिन ई र बिटा क्यारोटिन प्रदान गर्छ जसले छालालाई चम्किलो बनाउँछ ।

बनाउने तरीका 

यो फेस प्याक बनाउनको लागि एउटा कचौरामा टमाटरको रस लिनुहोस् । र त्यसमा एक चिम्टी बेसार र एक चम्चा चन्दनको पाउडर मिसाउनुहोस् । चन्दनको पाउडर नभए चन्दनको लकडी लाई सिलौटोमा घोटेर समेत उपयोग गर्न सकिन्छ ।

यो फेस प्याक अनुहार मा १५ मिनेट लगाए पछि गुलाफजल ले धुनु पर्छ । नियमित रूपमा यो फेस प्याकको उपयोगले छालामा प्राकृतिक चमक ल्याउँछ ।

गोरो, गहुँ गोरो वा कालो जस्तो सुकै छाला भएपनि यो फेस प्याकले अनुहारमा प्राकृतिक र जीवन्त टलक ल्याउँदा सुन्दरता बढ्छ । प्राकृतिक सामग्री बाट तयार पारिएको यो फेस प्याक ले छालालाई बिस्तारै सफा समेत गर्छ ।

यस्तो अवस्थामा अनुहारमा रहेको दाग, पिम्पल,कालो धब्बा, चाउरी, दाग, ब्ल्याक र ह्वाइटहेड को समस्यामा समेत कमी आउँछ। यसका साथै सनटैनको समस्या हटेर अनुहारको रङ चम्किलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?