मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तारकेश्वर र टोखालाई जोड्न विष्णुमतीमा पक्की पुल

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका र तारकेश्वर नगरपालिका जोड्न विष्णुमती नदीमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण हुने भएको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको ५०–५० प्रतिशत लगानीमा टोखा नगरपालिका– ९ र तारकेश्वर नगरपालिका –११ जोड्ने विष्णुमती नदीमा पुल निर्माण हुन लागेको हो ।

मूल्य अभिवृद्धि कर ‘भ्याट’ बाहेक दुवै नगरपालिकाको रु दुई करोड ६८ लाख ३५ हजार पाँच सयको लागतमा निर्माण हुन लागेको उक्त मोटरेबल पुलको आज टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संयुक्त रुपमा शिलान्यास गरे ।

टोखा नगरपालिकाका प्रमुख अधिकारीले निर्माण गर्न लागिएको पुलले टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने बताए । तारकेश्वर नगरपालिकाका प्रमुख महर्जनले मोटरेबल पुल निर्माणसँगै तारकेश्वर र टोखाका बासिन्दालाई आवतजावतमा सहयोग पुग्ने बताए । उक्त मोटरेबल पुलले काठमाडौँ महानगरपालिका– १६ का बासिन्दा पनि लाभान्वित हुनेछन् । 

टोखा नगरपालिका–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले २०२२ साल पछिको सबैभन्दा पुरानो बाटोमा पुल निर्माण गर्न पाउँदा खुशी लागेको बताए। पुल आगामी मंसिरभित्र निर्माण भएर सञ्चालन भइसक्ने उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?