मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनिवारदेखि ‘थ्री बाइ थ्री’ बास्केटबल, ब्राण्ड एम्बास्डर बने अभिनेता अनुपविक्रम शाही

काठमाडौँ– नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री बाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता जनाउने प्रतियोगितामा विदेशी टोलीका रूपमा ‘बंगलादेश नेभी’ र ‘बंगलादेश युनिभर्सि’टीको क्लबले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ली निङ नेपाल’ आधिकारिक पार्टनर रहेको समेत जानकारी गराइयो ।

प्रतियोगिताको ब्वाइजतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने महिलातर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबन्ध गर्न पाउनेछन् तर एक पटकमा एक जनालाई मात्र कोर्टमा उतार्न पाइने आयोजकले बताएको छ ।

नेपाल बस्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताए । ‘थ्री वाइ थ्री बास्केटलब नेपालमा राम्रो सम्भावना बोकेको खेल हो, यो प्रतियोगिता आयोजना गर्दा आर्थिक भार पनि केही कम हुने र सबैको पहुँच सम्म पुग्ने भएकाले नै यसलाई प्राथमिकतामा राखेका हौं,’ गुरुङले भने ।

बास्केटबल संघले युवापुस्तामा खेलको ब्राण्डिङको लागि यो पटकबाट ब्राण्ड एम्बास्डरमा नेपाली फिल्मका युवा अभिनेता अनुपबिक्रम शाहीलाई अनुबन्ध गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अनुपले बास्केटबल आफ्नो रूचीको खेल भएको बताए । ‘सानो उमेरदेखि बास्केटबल मेरो रोजाईको खेल थियो, अनुपले भने ‘नेपालमा यो खेलको विकासको लागि र युवापुस्ताको रोजाइको खेल बनाउन सहकार्यको लागि अग्रसर भएको हुँ’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?