मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यू-१६ महिला फुटबल : भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौँ – नेपाल जारी साफ यू १६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो ।

जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो । यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ ।

अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहेपनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ । फाइनल खेल आइतबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?