मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिरालो कुन देवताको वाहन हो ?

काठमाडौँ – हिन्दू धर्ममा प्रत्येक देवताको आ–आफ्नो वाहन हुन्छ । जसरी नन्दीलाई शिवको वाहन र गणेशको वाहन मुसा मानिन्छ। त्यस्तै बिरालोलाई पनि देवीको वाहन मानिन्छ । बिरालोले कुन देवताको वाहन मानिन्छ अनि यसलाई किन अशुभ मानिन्छ के तपाईलाई थाहा छ ?

धार्मिक मान्यता अनुसार धेरै पशुपक्षीलाई शुभ वा अशुभ मानिन्छ । बिरालो पनि यी मध्ये एक हो, जसको बारेमा धेरै विश्वास प्रचलित छ। धेरै मानिसहरू घरमा बिरालो राख्न मन पराउँछन्। यस्तो अवस्थामा मानिसले बिरालोबाट के संकेत प्राप्त गर्छन् यो थाहा पाउन जरुरी छ ।

बिरालोलाई लक्ष्मीकी बहिनी र अलक्ष्मीको वाहन मानिन्छ । शास्त्रमा अलक्ष्मीलाई गरिबीकी देवी मानिएको छ । कतिपय मान्यता अनुसार बिरालोलाई राहुको वाहन पनि मानिन्छ । ज्योतिष शास्त्रमा राहुलाई अशुभ ग्रह मानिन्छ । राहु र अलक्ष्मीले जीवनमा समस्या निम्त्याउँछ। यही कारणले गर्दा बिरालोलाई अशुभसँग जोडिएको छ ।

सपनामा बिरालो देख्नु…
सपना विज्ञानका अनुसार सपनामा सेतो बिरालो देख्नु शुभ मान्दैन । यो सपनाले तपाईलाई केहि नराम्रो हुने संकेत गर्दछ। त्यस्तै सपनामा दुई बिरालो झगडा गरेको देख्नु पनि अशुभ मानिन्छ । यसको मतलब तपाईको नजिकको व्यक्तिसँग झगडा हुन सक्छ।

बिरालोले बाटो पार गर्नु…
मान्यता अनुसार कुनै कामको सिलसिलामा घरबाट निस्किँदै गर्दा बाटोमा तपाईको अगाडिबाट बिरालो आयो भने त्यसलाई अशुभ संकेत मानिन्छ । यसले तपाईको काममा बाधा पु¥याउने विश्वास गरिन्छ । यस्तो अवस्थामा, तपाईंले बिरालोले आफ्नो बाटो पार गर्नको लागि केही समय पर्खनुपर्छ र त्यसपछि मात्र अगाडि बढ्नुहोस्।

बिरालो रोइरहेको
ज्योतिषशास्त्रमा बिरालो रुनु शुभ मानिएको छैन । यदि तपाईं कुनै महत्त्वपूर्ण काम गर्न जाँदै हुनुहुन्छ र तपाईंले बिरालो रोएको सुन्नुभयो भने, यो अशुभ संकेत मानिन्छ। यसको मतलब तपाईको काममा अवरोध आउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?