मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अङ्गुर को न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अङ्गुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २२०, नेपाली सुन्तला १५०, एभोकाडो ४०० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ६०, भारतीय ठूलो गोलभेँडा ७०, अदुवा २००, रातो आलु ३० र भारतीय रातो आलु ३२ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ५०, कागती २२०, लोकल काँक्रो १२०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १२० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ४० र हरियो डल्लो फर्सी ५० रुपैयाँमा खरिदबिक्री हुँदै छ ।

त्यस्तै तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर,पालुङ्गो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ६० र पुदिना २५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २००, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ६०, भिण्डी ११० र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?