यदि तपाईँले लामो समयसम्म कम्प्युटर प्रयोग गर्दै हुनुहुन्छ भने कहिलेकाहीँ आँखा पोल्ने समस्याबाट हैरान हुनुभएको होला । लामो समय कम्प्युटर चलाउने व्यक्तिका आँखामा कम्प्युटर निस्किने ‘ब्लु रे’ को असरले गर्दा आँखामा समस्या आउने हुन्छ ।
त्यस्तै कतिपयमा कम्मर दुख्ने ढाड दुख्ने समस्या पनि देखिन्छ भने आँखा रातो हुने र आँखाबाट पानी नै आउने पनि समस्या हुन्छ ।
अझ कतिपय प्रयोगकर्तामा त लामो समय कम्प्युटर बस्दा आँखामा जलन हुने र बढी नै पीडा भएर कम्प्युटर हेर्नै नसक्ने अवस्था पनि हुन्छ ।
त्यस्तै आँखा सुख्खा हुने, चिलाउने, भारीपन महसुस हुने, नजिकैका वस्तु देख्न समस्या हुने जस्ता अनेक समस्या देखिने गर्छन् ।
आज हामीले तपाईँलाई यस्ता समस्याबाट कसरी जोगिन सकिन्छ भन्नेबारेमा जानकारी दिँदै छौँ ।
लामो समय कम्प्युटर चलाउँदा यसरी जोगाउनुस् आँखा :
–कम्प्युटर चलाएको हरेक एक घण्टामा कम्तीमा पाँचदेखि दश मिनेटसम्म आँखा बन्द गरेर आराम गर्ने ।
–कम्प्युटरको ब्राइटनेस (उज्यालोपन) कम गरेर काम गर्ने बानी बसाल्ने अथवा कम्प्युटर स्क्रिन ‘नाइट मोड’मा राख्ने ।
–आफूलाई सहज हुने खालको कुर्सीमा बसेर काम गर्ने ।
–कम्प्युटर प्रयोग गर्दा आफ्नो मोबाइल फोनलाई काँध र गर्धनको बीचमा अड्डाएर कुरा गर्ने बानी छ भने त्यसलाई हटाउने ।
–कम्प्युटर बस्दा हातलाई ९० डिग्रीको एङ्गलमा मिलाएर राख्ने ।
–चिकित्सकको सल्लाह अनुसार कम्प्युटर अगाडि बस्दा लगाउन मिल्ने खालको चस्मा (जस्तै एआसी ग्लास, ब्लु कट भएको) प्रयोग गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया