मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुगरका बिरामीले के खाने, के नखाने ?

सुगरका बिरामीहरुको एउटै प्रश्न हुन्छ, के खाने? के नखाने?

सबै बिरामीलाई एउटै डाइटले काम गर्देन । तपाईको शरीर र काम अनुसार डाइट निर्धारण गर्नुपर्छ । कुन खानामा कति सुगर छ त्यसबारे सबै जानकार हुनुपर्छ । र दैनिक जीवनमा उक्त फर्मूला लागू गरेमा सुगर घट्नसक्छ ।

– तरकारी तरकारीमा पानीको मात्रा अत्यधिक ( ७० देखि ८० प्रतिशतसम्म) हुन्छ भने कार्बोहाइड्रेटको मात्रा १० प्रतिशतसम्म हुन्छ । तर केही भेजिटेबल्सहरु जस्तैः जमिनमुनि फलेको आलु, पिँडालु, सखरखण्डहरुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यस्ता खानेकुराहरु सुगरका बिरामीहरुले खान कम गर्नुपर्छ ।

प्रोटिन अण्डा माछा मासुले प्रत्यक्ष रुपमा सुगर बढाउँदैन । तर यसको पनि मात्रा मिलाएर मात्रै खानुपर्दछ । धेरै बोसोयुक्त मासु खाँदा कोलेस्ट्रल लगाएतका समस्याहरु बढ्न सक्छ ।

–फलफूल फलफुलमा पनि केही धेरै मात्रामा कार्बोहाइड्रेट हुन्छ भने केहीमा कम हुन्छ । जस्तै अम्बा, अनारमा कार्बोहाइड्रेट कम हुन्छ भने केरा र आँपमामा बढी हुन्छ

–अन्न अन्न हामीले मुख्य खानेकुरा हो । जस्तै भात, रोटी, चिउरा आदि । यीनीहरुमध्य भातमा अत्यधिक मात्रामा कार्बोहाईड्रेट हुन्छ । यी सबै कार्बोहाइड्रेट बढी हुने खानेकुरा नै हुन्। तर हामी सुगरका बिरामीले भातभन्दा रोटी खानु राम्रो भन्ने सोच्छौँ । तर रोटी पनि पेटभरि खायो भने सुगर बढ्न सक्छ । मकैले पनि सुगर बढाउन सक्छ । अर्को दाल पनि सुगर बढाउने खानेकुरा हो । त्यसैले दाल पनि मात्रा मिलाएर खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?