मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाली पेटमा कफी पिउनुहुन्छ ? देखिएलान् यस्ता समस्या

केही मानिसहरुलाई बिहान उठ्नेबित्तिकै कफी खान पाइएन भने खल्लो लाग्छ । कफी नखाएसम्म कतिपयको आँखै खुल्दैन । कफीले तत्कालै ताजा महसुस त गराउँछ नै । तर खाली पेटमा कफी खानु निकै हानिकारक छ ।

खाली पेटमा कफीको सेवनले अपच जस्ता समस्या निम्त्याउने कयौँ अध्ययनहरूले देखाएका छन् । यसले पोषक तत्व सोस्ने प्रक्रियामा बाधा उत्पन्न गराएर प्रतिरक्षा प्रणाली नै प्रभावित पनि बनाउन सक्छ । तर खाली पेटमा कफी सेवन गर्दाका अनेकौँ असरहरु निम्तिन सक्छन् ।

पेटमा एसिडिटीको खतरा

कफीमा एसिड हुन्छ । खाली पेटमा यसको सेवन गर्दा पेटमा एसिडिटीको समस्या बढ्न सक्छ । क्याफिन र एसिडको स्तर मिलेर पेटमा जलन पैदा गर्न सक्छन् । जसका कारण पेट दुख्ने, छाती पोल्ने र एसिड रिफ्लक्स आदि पनि हुन सक्छ । कफीको लगातार सेवनका कारण ग्यास्ट्राइटिस वा पेप्टिक अल्सर जस्ता गम्भीर ग्यास्ट्रोइन्टेस्टाइनल समस्या उत्पन्न हुन सक्छ ।

ब्लड सुगरमा उतारचढाव

क्याफिनले इन्सुलिन संवेदनशीलता र ग्लुकोजलाई प्रभावित गर्न सक्छ । जसका कारण रगतमा चिनीको स्तरमा उतारचढाव हुन सक्छ । खाली पेटमा कफीको सेवन गर्दा रगतमा चिनी तीव्र गतिमा बढ्न सक्छ । समय बढ्दै जाँदा यो स्थितिले इन्सुलिन प्रतिरोधको स्थिति उत्पन्न गराएर दोस्रो खालको मधुमेह विकास गर्ने खतरा पनि बढाउन सक्छ ।

चिन्ता

क्याफिनले हाम्रो शरीरमा ऊर्जाको स्तर बढाउन सक्छ । तर खाली पेटमा यसको सेवन गर्दा चिन्ता, निराशा र तनाव पनि बढाउँछ । यो स्थितिले दैनिक गतिविधिमा वाधा उत्पन्न गराउन सक्छ । यसले बेचैनी बढाउन सक्छ अनि कुनै काममा एकाग्रता वा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ ।

पोषक तत्वको अवशोषणमा समस्या

कफीमा टैनिन नाम गरेको यौगिक हुन्छ । यसले आइरन र क्याल्सियम जस्ता केही पोषक तत्त्वको अवशोषणमा खलल उत्पन्न गराउँछ । कुनै बिमारीका कारण स्वास्थ्य लाभका लागि पोषक तत्त्वले भरपुर आहारामाथि निर्भर व्यक्तिका लागि यो विशेष रूपमा चिन्ताको विषय हो ।

तनाव

क्याफिनले शरीरमा तनाव हर्मोन अर्थात् कर्टिसोललाई उत्तेजित गरिदिन्छ । यो उच्च स्तरमा पुग्दा स्वास्थ्यमा हानिकारक प्रभाव पर्न सक्छ । यसले प्रतिरक्षा कमजोर बनाउन सक्छ, तौल बढाउन सक्छ अनि मुडसम्बन्धी विकास पैदा गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?