मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकै धनी व्यक्ति बने जेफ बेजोस

काठमाडौँ – ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार नौ महिनापछि एलोन मस्क विश्वकै धनी व्यक्तिको उपाधिबाट वञ्चित भएका छन् । जेफ बेजोस फेरि एक पटक विश्वकै धनी व्यक्ति बनेका छन् ।

अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले टेस्लाका संस्थापक इलन मस्कलाई संसारको सबैभन्दा धनी व्यक्ति बन्ने दौडमा पछि पारेका हुन् ।

सोमबार अर्बपति बेजोसको नेटवर्थ २ खर्ब डलर पुगेपछि सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो स्थानमा आएको ब्लुमबर्गले उल्लेख गरेको छ । बेजोस करिब ३ वर्षपछि पुनः अर्बपतिहरुको सूचीमा शीर्ष स्थानमा आएका हुन् ।

पछिल्लो पटक सन् २०२१ मा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए । सोमबार टेस्लाको सेयर भाउमा ७।२५ ले गिरावट आएपछि मस्क ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा दोस्रो स्थानमा झरेका छन् । मस्कको नेटवर्थ भने १ खर्ब ९७ अर्ब डलर कायम भएको छ । कुनै समय मस्कको नेटवर्थ बेजोसको भन्दा १ खर्ब ४२ अर्ब डलर बढीसम्म पुगेको थियो ।

तर अमेजन र टेस्लाको सेयर विपरीत दिशामा सर्दा दुई अर्बपतिबीचको सम्पतिको खाडल पनि संकुचित हुँदै गएको ब्लुमबर्गले उल्लेख गरेको छ । अमेजनको सेयर भाउ सन् २०२२ को अन्त्ययता दोब्बर भन्दा बढीले वृद्धि भएको छ ।

अर्कोतर्फ, टेस्लाको सेयर भाउ भने सन् २०२१ को उच्चतम विन्दुबाट अझै ५०५ तल रहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स बुमका कारण ठूला प्रविधि कम्पनीहरुको सेयरमा आएको उछालले बेजोसलाई पुनः शीर्ष स्थानमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?