मकवानपुर – मकवानपुरको विकट कैलाश गाउँपालिकाले सीमान्तकृत गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ । आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय सीमान्तकृत गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवर्द्र्धन कोसेली’को प्याकेट वितरण गरिएको हो ।
गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गर्भवती र गर्भको बच्चालाई आवश्यकपर्ने कार्बोहाइडे«ट, प्रोटिन, भिटामिन र मिनरलयुक्त गेडागुडी, सर्वोत्तम पीठो, बदाम, ओखर, काजु, मासको दाल, कुखुराको अण्डालगायत पौष्टिक आहार मिसाइएको प्याकेट वितरण गरिएको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
पालिकाले विगत तीन दिनमा ८० जना गर्भवतीको स्वास्थ्य जाँच गर्नुका साथै पौष्टिक आहारको प्याकेट वितरण गरेको उनले जानकारी दिए । गर्भवतीलाई प्रसूतिका निम्ति अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था पनि मिलाइएको छ । सुत्केरी हुन स्वास्थ्य चौकी आउनेलाई पालिकाले रु चार हजार आठ सय, बच्चा र आमाका लागि न्यानो कपडा र अन्य पौष्टिक आहार वितरण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया