मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यू–१६ महिला फुटबल : भारतमाथि बंगलादेशको ३-१ को जित

काठमाडौँ – बंगालदेशले जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।ललितपुरस्थित च्यासल मैदानमा मंगलबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जारी प्रतियोगितामा बंगलादेशको यो लगातार दोस्रो जित हो । यस अघि पहिलो खेलमा बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको थियो ।

यो जितपछि बंगलादेशको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको भने २ खेलमा ३ अंक रहेको छ । अब प्रतियोगितामा विहिबार भारत र नेपालबीच खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?