मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी पेटलाई सफा, बलियो र हल्का बनाउने ?

काठमाडौँ – भनिन्छ पाचन क्षमता मजबुत भएकाहरूलाई ढुङ्गा–माटो खाएपनि पच्दछ र खाएको पचुन्जेल कुनै प्रकारको रोगले पनि सताउन सक्दैन । यसर्थ पाचन क्षमतालाई बलियो बनाई राख्नु रोगहरूको रोकथाम एवं प्रतिकारको महत्वपूर्ण अश्त्र हो पाचन शक्ति ।

राम्रो स्वास्थ्य र दीर्घ जीवन चाहने हर कसैले पाचन क्षमतालाई अक्षुण राखिरहनु पर्ने हुन्छ । अझ प्राकृतिक स्वास्थ्य विज्ञानको दृष्टिमा त हाम्रा सम्पूर्ण रोगहरूको सुरूवात पेटबाट हुने मानिएको छ अर्थात हरेक रोगहरूको सुरूवात मन्दाग्निबाट हुन्छ र मन्दाग्निको उपचार गरेर नै धेरै रोगहरूबाट छुटकारा पाउन सकिन्छ ।

बिहान उठ्नसाथ मनतातो पानी

दिनको सुरुवात नै पेटको सफाइबाट गरौं । बिहान जब उठ्नुहुन्छ, मनतातो पानी पिउनुहोस् । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यन्त लाभदायक छ ।

जिरा पानी

बिहान उठ्नसाथ खाली पेटमा जिरापानी पिउनु पनि पेटका लागि राम्रो हुन्छ । एक गिलास पानीमा एक चम्चा जति जीराको दाना मिसाएर उमाल्नु पर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ ।

ज्वानो पानी

ज्वानो निकै उपयोगी घरेलु औषधि हो । यसमा थाइमोल नामक रसायनिक तत्व पर्याप्त पाइन्छ, जसले पाचन रस निकाल्न सहयोग गर्छ । पेटमा पुगेको खानालाई पचाउने काममा यसले सहयोग गर्छ । यसैले पेट हल्का राख्न ज्वानो पानी पिउन सकिन्छ ।

कागती र मह

कागतीमा पाइने साइट्रिक एसिडले पेट सफा गर्छ । यसले कब्जियत हुन दिदैन । कागतीमा भिटामिन सि र फ्लेभोनोइड्स हुन्छ, जसले पेटमा भरिएको ग्यास निकालछ । कागतीमा मह मिसाएर खाँदा अरु लाभदायक हुन्छ । यसले आन्द्राको ब्याक्टेरियालाई सन्तुलन राख्न सहयोग गर्छ ।

तुलसीको पात

तुलसीलाई आयुर्वेदमा महाऔषधि भनिन्छ । यो निकै उपयोगी वनस्पति हो । पेटलाई सफा राख्न र रोग प्रतिरोधी क्षमता बढाउन पनि तुलसीको पात उपयोगी हुन्छ । तुलसीको पातलाई तातो पानीमा मिसाएर सेवन गर्दा त्यसले पेटलाई हल्का बनाउँछ ।

फाइबर

पेट स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी छ, फाइबरको सेवन । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?