मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फलफूल कुन समयमा खादा स्वास्थ्यलाई फाइदा हुन्छ ?

काठमाडौँ – फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ । फलफूल खाने खास यही समय भन्ने त छैन, राति फलफूल खाँदा कुनै हानि गर्छ त ?

हुन त हामी कहाँ फलफूल खाने कुनै समय तोकिएको छैन, तर धेरै जसोको एउटै गुनासो हुन्छ रातीको समयमा फलफूल खाए कतै स्वास्थ्यलाई केही बेफाइदा हुन्छ वा हुँदैन । शरीरलाई चिसो प्रदान गर्ने भएकाले सकेसम्म सुन्तला, केराजस्ता फलफूल राति नखाएकै राम्रो हुन्छ ।

आयुर्वेदमा फलफूल मात्रा नभई अन्य खानेकुरा पनि सूर्यास्तअघि नै खानुपर्छ भन्ने उल्लेख गरिएको हुन्छ । फलफूल खाने उत्कृष्ट समय बिहान हो भने दिउँसो खाँदा पनि फाइदाजनक नै हुन्छ । जस्तै, अम्लीय वर्गको फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छ ।

यस्ता फलफूल बिहान सेवन गरेमा शरीरको प्रतिरोधी क्षमता बढाउँछ । शरीरका विषाक्त तत्व निकाल्न सहयोग गर्छ ।
फलफूलमा स्वाद बढाउन नुन, कालो मिर्ची र चाट मसला मिसाएर खादा स्वास्थ्यलाई अलि बेफाइदा हुने गर्छ ।

यसरी खाँदा रगतमा सोडियमको मात्रा बढेर उच्च रक्तचाप हुने जोखिम हुन्छ । फलफूलमा प्राकृतिक रुपमा नुन हुने भएकाले त्यत्तिकै खाँदा हुन्छ ।

प्राकृतिक रुपमा उत्पादन भएको मौसमी फलफूल खानुपर्छ । कोल्ड स्टोरमा राखिएको वा प्रशोधित गरिएका फलफूल खानु त्यति स्वास्थ्यवर्द्धक मानिंदैन ।

जुनसुकै खानेकुरा भोक लागेमा मात्रै खानुपर्छ । फलफूल पनि भोक लागेको बेलामा मात्रा मिलाएर दिनको दुईपटकसम्म खान सकिन्छ । यसमा फाइबर भरपुर मात्रामा हुने भएकाले यसले मेटाबोलिजमलाई सक्रिय बनाउँछ, तर धेरै खानु भने हुँदैन । फलफूलमा प्राकृतिक चिनीको मात्रा प्रशस्त हुने भएकाले धेरै खाँदा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?