मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीषाको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौँ – गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

श्रीषाले १ दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् ।

गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन् ।

यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?