मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् हरेक दिन बिहान खाली पेटमा सुकुमेल खानुका फाइदाहरू 

हरेक दिन बिहान खाली पेटमा सुकुमेल खाँदा थुप्रै समस्याबाट राहत पाइन्छ । सुकुमेलमा धेरै नै फाइदाजनक तत्त्व हुन्छन् । यसले शरीरलाई विभिन्न प्रकारले फाइदा दिने गर्छ ।

आज हामी तपाईँलाई बिहान खाली पेटमा सेवन गर्दा के– कस्ता फाइदा हुन्छन् भनेर जानकारी गराउँदै छौँ । 

खाली पेट सुकुमेलको सेवन गर्दा कयौँ समस्याबाट राहत पाउन सकिन्छ । यसका लागि बिहान खाली पेट दुई वा तीन वटा सुकुमेल चपाएर खान सक्नुहुन्छ । त्यसपछि एक गिलास तातो पानी पिउनुहोस् ।

खाली पेट सुकुमेल खाँदा पेट स्वस्थ राख्न सहयोग पुग्छ । साथमा यसले एसिडिटी र अपच जस्ता समस्या पनि कम हुन्छन् । दैनिक खाली पेट दुई वा तीन वटा सुकुमेल चपाउनुहुन्छ भने भोक नलाग्ने समस्या पनि कम हुन्छ ।

साथमा शारीरिक कमजोरी पनि हट्छ । कोलोरेक्टल क्यान्सर रोकथाम गर्छ । मुटुको रक्षा गर्छ । डिप्रेसन हटाउन सहयोग गर्छ ।

ग्यास्ट्रोइन्टेस्टाइनल रोग रोकथाम गर्छ । पीडानाशक तत्त्व पाइन्छ । घाँटी सुकेको र बान्तामा उपयोगी हुन्छ । पिसाबसम्बन्धी समस्या समाधान गर्छ ।

बिहान खाली पेट तातो पानीसँग सुकुमेल खानाले कपाललाई पनि स्वस्थ बनाउन सकिन्छ । सुकुमेलमा भरपूर मात्रामा पोटासियम र फाइबर हुन्छ । यसले रक्तसञ्चारलाई राम्रो बनाउँछ ।

यसमा एन्टी ब्याक्टेरियल गुण पाइने भएकाले घाँटी दुखेको वा रुघाखोकीमा पनि राम्रो काम गर्छ । यसले नपुंसकता, र यौन समस्याहरू पनि निर्मूल गराउँछ । 

कहाँ पाइन्छ सुकुमेल ?

यो खासगरी भारत, नेपाल र भुटानको प्रमुख मसला मानिन्छ । भारत, चीन, भुटान, भियतनाम, मलेसिया, कोरिया र जापानका उष्ण क्षेत्रमा पाइन्छ । यसलाई मसलाको रानी भनिन्छ, जो मूल्यका हिसाबले तेस्रो महँगो मसला मानिन्छ ।

१ सय ग्राम सुकुमेलमा इनर्जी ३ सय क्यालोरी, कार्बोहाइड्रेट ८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शून्य हुन्छ । यो भिटामिन र सुक्ष्मपोषक तत्त्वले भरपुर हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?