काठमाडौँ– सिनेमा सर्कल नेपालको आयोजनामा विगत सात वर्ष देखि निरन्तर हुँदै आइरहेको ‘एलजी सिने सर्कल अवार्ड २०८०’ आगामी वैशाखमा आयोजना गर्ने घोषणा गरिएकाे छ ।
सिनेमा सर्कल नेपालको आयोजना र दि दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा अवार्डको आयोजना हुँदै आएको छ । सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले फेसबुक मार्फत घोषणा गरेका हुन् ।
२०८० सालमा प्रदर्शन भएका सम्पूर्ण सिनेमाले निःशुल्क सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ ।
२१ विधामा अवार्ड हुने कार्यक्रममा एक जना वरिष्ठ सिनेकर्मीलाई ५१ हजार नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
विगत जस्तै यसवर्ष पनि उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, सङ्गीतकार, अनस्क्रिन जोडी, कोरियोग्राफर, द्वन्द्व निर्देशक, पार्श्वगायिक, पार्श्वगायक, पटकथा, पाश्र्वसंगीत, सम्पादक, चर्चित अभिनेता, चर्चित अभिनेत्री, कमेन्डेबल मूभि, भीएफएक्स, स्टन्ट, चर्चित गीत, ट्रेलर र पोस्टर समावेश लगायतका विद्या समावेश गरिएका छन् ।
सिनेमा सर्कल नेपालले सिनेकर्मी, पत्रकार, फुटबलर, एभरेष्टर, उद्योगी, समाजसेवी, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरू सहित नेपालका प्रतिष्ठित व्यत्तिहरुको उपस्थितिमा विगतका वर्षमा झैँ यो वर्ष पनि केही फरक ढङ्गले अवार्ड प्रदान गरिने तयारी आयोजक संस्थाको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया