मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘शैतान’का लागि कुन ‘स्टारकाष्ट’ले कति लिए पारिश्रमिक ?

काठमाडौँ – अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा रिलिज हुँदैछ ।

फिल्मको ट्रेलर निकै आकर्षक छ । तर के तपाईँलाई थाहा छ यो फिल्मका लागि फिल्मका स्टार कास्टले कति पैसा पारिश्रमिक लिए ?

सबैभन्दा पहिले मुख्य अभिनेता अजय देवगनको कुरा गरौं, उनले फिल्मका लागि ठूलो रकम लिएका छन । भारतीय सञ्चारमाध्यमका अनुसार अजयले यो फिल्मका लागि २५ करोड भारु लिएका छन् ।

फिल्मको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । अभिनेता पनि मुख्य भूमिकामा छन् । माधवनले फिल्मका लागि १० करोड पारिश्रमिक लिएको बताइएको छ ।

फिल्ममा साउथ अभिनेत्री ज्योतिकाको पनि महत्त्वपूर्ण भूमिका छ । अभिनेत्री शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएको छ ।

यो फिल्ममा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो फिल्मका लागि २–३ करोड भारु लिएकी छिन् ।

शैतान फिल्म कालो जादूमा बनेको हो । फिल्ममा आर माधवन तान्त्रिकको भूमिकामा छन् । फिल्म थ्रिलर र हररले भरिपूर्ण छ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई निकै रुचाइएको छ । यो फिल्ममा अजय देवगन र आर माधवन पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । 

अजय र माधवनको यो फिल्म मार्च ८ मा हलमा रिलिज हुँदैछ । फ्यानहरु पनि यसको प्रतिक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?